Wednesday, February 15, 2012

नेपाली बन्ने हो ?




नेपाली बन्ने हो ?

by : ujjowal thapa

http://www.whynepal.com/


तपाँई आफुलाई नेपाली कसरी भन्नु हुन्छ ? संयोगले म यहाँ जन्मेको थिएँ,  त्यसैले म नेपाली हुँ  ?त्यति नै हो त तपाँईको नेपालीपन पहिचान ? कहिल्यै नेपाली भनेको यो बाहेक पनि अरु होला भनेर कहिल्यै सोच्नु भा छ?
यी नेपाली पन झल्कने गूणहरु मध्य कुनै तँपाईमा छ?
  1. धर्तीमा एक चोटी आएपछि त केहि गरेरै जान्छु भन्ने अठोट लिने
  2. राम्रो मान्छे र राम्रो काम गर्नेलाई धन्यवाद दिई हाल्ने
  3. “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” हरेक दिनको मन्त्र
  4. अरुले गु खायो भन्दैमा आफु नखाने (वा खान मिल्छ नभन्ने)
  5. आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र छिमेकीहरु आएर सफा गर्दिन्छ भन्ने बुझ्ने
  6.  ’यस्तै हो’ वा ‘के मतलब’ भनि चुप्प लागेर बस्ने बानीलाई “केहि गरौँ” मा बदल्न
  7. पहिले आफू जिम्मेवार हुने, अनि मात्र अरु सँग जवाफ माग्ने
  8. बोल्ने कम, गर्ने बढि आफैबाट शुरु गर्ने। भविष्यका कर्णधारलाई नि त्यतैतिर धकाल्ने
  9. नराम्रो काम गर्दै हुनुहुन्छ भने सोच्नुहोस अरुले त नदेख्ला तर आफ्नो अन्तरआत्माले त देख्छ नि
  10. लोभलाई धैर्यले अँगाल्न सिक्ने। एउटा रुखमा फल पाक्न त बर्षौ लाग्छ भने …
  11. नराम्रो मान्छेलाई होईन नराम्रो कामलाई निमोठ्ने बानी बसाल्ने
  12. राम्रो गरिरहेकाहरुको कुनै पनि सन्जाललाई बलियो बनाउन मद्दत गरि हाल्ने
  13. आफ्नो ईष्टमित्र, टोल, जात वा नेपालीको मात्र होईन, संपूर्ण मानव र वातावरणको पनि हक-हितका बारेमा सोच्ने
  14. नेपाल बदल्ने भन्दा नि हामी आफैलाई बदल्नु पर्छ भनेर बुझ्ने
यति गरि सक्नु भो? अब निर्धक्कका साथ जिवनको आनन्द लिनुहोस् ।

0 Responses to “नेपाली बन्ने हो ?”

Post a Comment

samuhasooch@gmail.com

Request

We request you to comment on articles and share our articles if you like it. And contact us if you want to be a member or supporter of sooch.